सरकारले विश्व बैंकबाट ३३ अर्ब ३३ करोड ऋण लिने

काठमाडौं । सरकारले विश्व बैंकबाट ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि उक्त ऋण लिने लागेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडीआर अर्थात एक हजार मिलियन अमेरिकी डलर गरेका लिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४.६ मिलियन एसडीआर अर्थात् एक हजार मिलियन अमेरिकी डलर करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए । सडक सुधार आयोजनाको स्थानीय सरकारको सहयोगमा प्रदेश सरकारले कार्यान्वयन गरी संघ सरकारले मूल्यांकन तथा अनुगमन गर्ने उनले बताए ।

सोमबार, १४ साउन, २०८१, साँझको ०५:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर