डेढ मिनेटमा नेप्सले १०२ अंक बढ्यो, २० मिनेटको लागि कारोबार बन्द

विराटनगर । मौद्रिक नीतिपछि आइतबार खुलेको सेयर बजारमा डेढ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको छ ।

नेप्से सूचकमा सर्किट लागेर बन्द भएको हो । बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो ।

नेप्से सुचक १०२.६८ अंक बढेर २७७०.८२ अंकमा पुगेको छ । यसबीचमा २७ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार, १३ साउन, २०८१, बिहानको ११:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर