विराटनगर । प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोका डीआईजी डा.मनोज केसीलाई सरुवा गरिएको छ । डा.केसीलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा डा. केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरे । शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।
विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ । अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अफिसर मानिन्छन् । अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।