लोड हुँदैछ...

मेनु

गायक तथा गीतकार एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

गायक तथा गीतकार एलपी जोशीको ८८ वर्षको उमेरमा निधन

काठमाडौं । गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए ।

दमक घरबाट अस्पाल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

रिटिङ रिटिङ‘ , ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ उनका चर्चित गित हुन । अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।