मौद्रिक नीति आज सार्वजनिक गरीने

काठमाडौं । सरकारले मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।  गत शुक्रबार सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर पछि सारिएको थियो ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त सारीएको हो । आजका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ ।

डा. खतिवडाले हेरेर सुझाव दिएपछि मात्रै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति पास गर्न आज बिहान ८ बजे सञ्चालन समितिको बैठक बोलाइएको छ ।

बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् ।

शुक्रबार, ११ साउन, २०८१, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर