काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ ।
जहाजमा पाइलटसहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । उनको उपचार भइहरेको छ ।
नागरिक उड्डयन प्राधिकरणले १८ जनाको शव संकलन भएको र एक जनाको जिवितै उद्धार गरेको पुष्टि गरेको छ । विमान बिहान ११ः११ बजे दुर्घटना भएको प्राधिकरणले जनाएको छ ।