विराटनगर । धरानसहित ५ स्थानीय तहले नगर विकास कोषलाई तिरेका छैन्न ।पालीकाहरुले साढे २१ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।
धरान उपमहानगरले ६ करोड, वीरगञ्ज महानगरले ९ करोड, धुलिखेल नगरपालिकाले ३ करोड, रत्ननगर नगरपालिकाले १.५ करोड र कलैया नगरपालिकाले १ करोड रुपैयाँ तिर्न नमानेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले बताए ।
नयाँ नगर प्रमुखले अघिल्लो कार्यकालमा कोषबाट स्वीकृत आयोजनाको स्वामित्व नलिँदा आयोजना सम्पन्न गर्न, लगानी र ऋण असुली गर्न नसकिएको उनले बताए ।
कार्यकारी निर्देशक सापकोटाले ४ वर्षीय ‘प्रगति समीक्षा प्रतिवेदन’ सोमबार सार्वजनिक गर्दै यस्तो बताएका हुन । नगर विकास कोषले कानूनी प्रक्रियामा गएर भए पनि ऋण असुल गर्ने चेतावनि दिएका छन् ।