महजाेडी हिमगिरी हाईजिङमा अनुबन्धित, एक अर्ब लगानी थप्ने कम्पनीको घाेषणा

विराटनगर । चर्चित कलाकारद्वय महजाेडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) हिमगिरी सोप एण्ड केमिकल प्रा. लि.काे ब्रान्ड एम्बेस्डरकाे रूपमा अनुबन्धीत भएका छन् ।

विराटनगरमा आज आयाेजित कार्यक्रममा ब्रान्ड एम्बेष्डरकाे रूपमा महजाेडी र उद्योगबीच सहमति पत्रमा हस्ताक्षर भएकाे हाे ।

माेरङकाे बुढीगंगास्थित टंकीसिनुवारीमा १८ वर्ष अगाडी हिमालयन सोप नामको रुग्ण उधोगलाई औधोगिक घरानाले खरीद गरी हिमगिरी सोप एण्ड केमिकल प्रा. लि. स्थापना भएकाे थियाे ।
उक्त कम्पनीबाट साबुन, डिटरजेन्ट पाउडर, ट्वाइलेट सोपको लगायतका लोकप्रीय ब्राण्डहरु बजारमा दिदै आएको छ । धोनी लगायतका विभिन्न ब्राण्डहरु छिमेकी मुलुक भारत तथा भुटान जस्ता मुलुकहरुमा निर्यात गर्दै आएकाे उद्योगकाे भनाई छ ।

`नेपाली उपभोक्तालाई विश्वास दिलाउँदै साबुन जगतमा आयातलाई प्रतिस्थापन गर्दै विदेशी मुद्रा आय आर्जन गर्दै साबुन उधोग जगतमा देशलाई आत्मनिर्भर बनाउन यस हिमगिरी सोप एण्ड केमिकलले अहम भुमिका खेल्न सफल भएको छ,´ उद्योगका डाईरेक्टर महेश जाजुले भने, `डिटरजेन्ट पाउडर, ट्वाईलेट सोप, स्यापू लगायत हाईजिन प्रोडक्टलाई पनि आयतलाई निरुत्साहित गर्दै आत्मनिर्भर बनाउन विभिन्न परिवर्तनहरु गर्दै हिमगिरी सोप एण्ड केमिकलबाट नाम परिवर्तन गरि हिमगिरी हाईजिन बनाई सशक्त ढंगबाट अगाडी बढेका छौं ।´

कोभिड माहामारीको बेला उक्त उद्योगले सेनिटाइजर, डिसइन्फेटेट अक्सिजन तथा हात धुने साबुन लगायत स्वास्थका लागी अति अवश्यक सामाग्रीहरु अग्रभागमा रही काम गर्ने स्वास्थ सेवा कार्यरत कर्मचारी, प्रहरीसेना, यातायत क्षेत्रमा कार्यरत कर्मचारीहरुको लागि प्रहरी प्रधान कार्यलय मार्फत सेनिटाइजर, माक्स ४२ लाख बराबरको नि:शुल्क उपलब्ध गराएकाे थियाे ।

हिमगिरी हाइजिनले हजारौ नेपाली युवालाई रोजगार दिदै नेपाल सरकारलाई समेत ठूलो मात्रामा कर संकलन गरी रास्ट्र सेवामा समर्पित भएको दाबी गरेकाे छ । आफ्नोे उत्पादनलाई युराेप पठाउन सम्भाव्यता अध्ययन गरिरहेकाे साे उद्योगले जनाएकाे छ । यस्तै श्याम्पू, वियूटीसोप, डिटरजेन्ट पाउडर समेतलाई देशमा

आत्मनिर्भर बनाउन अरु १ अर्व भन्दा बढी लगानी थप्दै गर्दा अरु हजारौ भन्दा बढीलाई रोजगारी सृजना गर्ने लक्ष लिएकाे अर्का लगानीकर्ता उद्योगी तथा डाईरेक्टर प्रकाश मुन्दडाले बताए । उद्योगले ४०० भन्दा बढी वितरकमार्फत धोनी र एक्स्ट्रा साबुन नेपाली उपभोक्तालाई सेवा पुऱ्याउँदै आएकाे छ ।

शनिबार, ०५ साउन, २०८१, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर