विराटनगर । विराटनगरमा शनिबार नवौं इण्डो–नेपाल रोलर स्केटिङ्ग च्याम्पियन प्रतियोगिताको तयारी पूरा भएको छ । नेपाल र भारतका खेलाडी सहभागी हुने प्रतियोगिता दिल्ली पब्लिक स्कुल विराटनगरको मैदानमा हुने भएको हो ।
मोरङ जिल्ला स्केटिङ्ग एशोसिएशनका अध्यक्ष सुरज कामतका अनुसार भारतका १८ जना र नेपालका ६० खेलाडी प्रतियोगितामा सहभागि हुनेछन् । भारतबाट खेलाडीसहित चारजना कोच, टिम म्यानेन्जर, अफिसियल गरेर ३५ जनाको टोलि नेपाल आउँदैछ ।
नेपालका विभिन्न जिल्लाबाट ५५ जनाले रजिस्ट्रेशन गरिसकेका छन् । स्केटिङ्ग प्रतियोगितामा ५ वर्षदेखि २१ वर्ष उमेर समूहका खेलाडी सहभागि हुनेछन् । अध्यक्ष कामतका अनुसार तीन उत्कृष्ट खेलाडीलाई आगामी सेक्टेम्बर २०–२२ मा थाइलैण्डमा हुने प्रतियोगितामा अफिसियल सहभागी गराईने छ । प्रथम, द्धितिय र तृतियले अन्तराष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने अवसर एशोसिएशनकैतर्फबाट पाउनेछन् ।