बिराट्नगर । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको मंगलबार उद्घाटन गरेका छन् ।
मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा पटके राजश्व संकलन केन्द्रको उद्घाटन गरेका हुन । मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीमा चालु आर्थिक बर्षदेखि यस्तो कार्यालय संचालनमा ल्याईएको हो। यो कार्यालय संचालनसंगै भारतबाट आउने भारतिय नंम्बर प्लेटको सवारी साधनको पटके कर लिन सजिलो हुने र प्रदेशको राजश्व समेत बृद्धि हुने मन्त्री अधिकारीले बताए ।
प्रदेशले यसअघि माघ महिनादेखि इलाममा यस्तो कार्यालय संचालनमा ल्याएको छ। सो कार्यालयले असार समम्म करीव ४२ लाख राजश्व संकलन गरेको छ।अहिले शुरु गरिएको कार्यालयबाट राजश्व उठाउन पनि सजिलो हुने र प्रदेशमा आउने भारतिय पर्यटकलाई पनि सहज हुने सरकारको अपेक्षा छ।यि नयाँ कार्यालयबाट कम्तिमा पनि दैनिक ५ लाख राजश्व प्रदेश सरकारलाई थप हुने अनुमान गरिएको छ।
सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै यहाँबाट भारतीय सवारी साधन सानो चारचक्केको रु पाँच सय र ठूला सवारी साधनको रु एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारी साधनलाई प्रतिकिलोमिटर रु दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ ।