बराहका सञ्चालकको सम्पत्ती छानविन गर्न सिफारिस

धरान । सुनसरीको धरानस्थित बराह सहकारीका सञ्चालक, पूर्व सञ्चालक र कर्मचारीको सम्पत्ति छानबिन गरी बचतकर्ताको रकम सुरक्षा गर्न धरान उपमहानगरपालिकाले प्रहरीलाई सिफारिस गरेको छ ।

बराह बचत तथा ऋण तथा सहकारी संस्थामा बचत गरेको रकम फिर्ता नपाएकोले संस्थाका सञ्चालक, कर्मचारी पूर्वसञ्चालक र सञ्चालकहरूको सम्पत्तिसमेत छानबिन गरी कानुनी कारबाही गर्न उपमहानगरले सिफारिस गरेको हो ।

बराहका बचतकर्ता धरान–१६ का शंकर थापा क्षेत्रीलगायत २६ जनाले उपमहानगरपालिकामा दिएको निवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईले इलाका प्रहरी कार्यालयलाई औपचारिक रूपमा कारबाही अघि बढाउन लिखित पत्राचार गरेका हुन् । इलाका प्रहरी कार्यालय धरानलाई असार ३० गतेको मितिमा लेखिएको सिफारिस पत्र नगर प्रमुख र उपप्रमुखलाई बोधार्थ दिइएको छ ।

आइतबार, ३१ असार, २०८१, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर