विराटरनगर । ताप्लेजुङको सिरिजंगा गाउँपालिका मामाङमा शुक्रबार रातिको पहिरोमा परेर घाइते भएका पदमबहादुर लिम्बूलाई कोशी प्रदेश सरकारले उद्धार गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको पहलमा हेलिकप्टरबाट लिम्बूको उद्धार गरिएको हो ।
घाइते लिम्बूलाई हेलिकप्टरबाट उद्धार गरि विराटनगर ल्याएर नोबेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । लिम्बूको उपचारको रेखदेख गर्न मन्त्री आफैं अस्पतालमा पुगेका थिए ।
केहि दिनदेखिको लगातारको वर्षाले ताप्लेजुङमा ठूलो धनजनको क्षति गरिसकेको छ ।