मोरङ कारागार हाता भित्र वृक्षारोपण

विराटनगर । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु विराटनगर महानगर कमिटीले आज विराटनगरस्थित मोरङ कारागार हाताभित्र वृक्षारोपण गरेको छ ।

७३ औं मदन जयन्तीको अवसरमा अनेरास्ववियु महानगर कमिटीले विभिन्न जातका फलफूलका विरुवा कारागारभित्र रोपेको हो । बढ्‌दो जलवायु परिवर्तनको प्रभावलाई नियन्त्रण गर्ने अभियान स्वरुप अनेरास्ववियुले देशभर १ लाख वृक्षारोपण अभियान चलाउने नीति अनुसार मोरङ कारागार हाताभित्र वृक्षरोपण गरिएको अनेरास्ववियु विराटनगर महानगर कमिटीकी इन्चार्ज पवित्रा ढकालले बताइन् । कारागार हाताभित्र रोकिएको विरुवाको संरक्षण, रेखदेख गर्दै हुर्काउने कार्यमा पनि अनेरास्ववियु कमिटी लाग्ने ढकालले बताइन् ।

नेकपा एमाले पेशागत महासंघ नेपालका उपाध्यक्ष एवम् आधिकारिक ट्रेड युनियनको अध्यक्षसमेत रहेका भोलानाथ पोखरेलले कारागाार हाताभित्र वृक्षारोपणको कार्यक्रमका लागि सहजीकरण गरेपछि फलफूलका बिरुवा रोप्ने कार्यक्रम सफल भएको महानगर कमिटीका अध्यक्ष विवेक बस्नेतले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, मोरङ कारागारका जेलर तेजराज बराल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नावय उपरीक्षक सोमराज बाँनियालगायतको सहभागीता थियो ।

शुक्रबार, १५ असार, २०८१, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page