लोड हुँदैछ...

मेनु

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले कोशी प्रदेशक केहि स्थानहरूमा मेघ –गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ।

दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।