त्रियुगा खोलामा जलसतह सतर्कता तहभन्दा माथि

विराटनगर । उदयपुरको त्रियुगा खोलाले जलसतहले सतर्कता तह पार गरेको छ ।गाइघाट जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको हो । गाइघाट र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

जलसतह बढ्दो क्रममा रहेको छ । नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले दिउँसोसम्म सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ ।

शुक्रबार, १५ असार, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर