आदर्श र पोखरियाको राम्रो नतिजा

विराटनगर ।यस वर्षको एसइई परीक्षामा विराटनगरका सामुदायिक विद्यालयहरुले राम्रो नतिजा ल्याएका छन् । बिहीबार प्रकाशित परीक्षाफल अनुसार आदर्श माध्यमिक विद्यालयले २०८० को एसइई परीक्षा मा ३.९५ जिपिएसहित ९३.३७ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको जनाएको छ । आदर्शले मोरङ जिल्लाभरका सामुदायिक विद्यालयमा प्रथम भएको दावी गरेको छ । आदर्श विद्यालयबाट ३७८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

यसैगरी पोखरिया माध्यमिक विद्यालयबाट परीक्षा दिएकामध्ये ८९.३७ प्रतिशत विद्यार्थीले एसइई उतीर्ण गरेका छन् । गत चैत्रमा भएको एसईई परिक्षामा पोखरियाका ४३३ जना विद्यार्थी सहभागी भएका थिए । पोखरीया माविका प्रअ खेमराज भट्राइका अनुसार ५३ जना विद्यार्थीले ३.६ जिपिएभन्दा माथिको नतिजा प्राप्त गरेका छन् भने ३.२ भन्दा माथि जिपिए प्राप्त गर्नेहरु १७८ जना छन् । यस्तै पोखरियाका १२० जना विद्यार्थीले २.८–३.२ जिपिए (बि प्लस) ग्रेडमा उतीर्ण भएका छन् । बि ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ३६ जना रहेको विद्यालयले जानकारी दिएको छ ।
मोरङमा १७ हजार २७७ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । त्यसमध्ये ९ हजार २१७ जना पास भएका छन् । ५३.३५ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा समन्वय इकाइ मोरङले जनाएको छ ।

विराटनगर आदर्श माध्यमिक विद्यालय २०८० को एसइई परीक्षा मा ३.९५ सहित मोरङ जिल्लाभरीका सामुदायिक विद्यालयमा प्रथम भएको दावी गरेको छ । ९३.३७ प्रतिशत बिद्यार्थी पास गरेको बिद्यालय प्रशसनले जनाएको छ । यस विद्यालयबाट ३७८ जना विद्यार्थी सहभागी भएका थिए ।
यस्तै मोरङका सामुदायिक विद्यालयहरूमा अध्ययन गरेका कुनै विद्यार्थीले पनि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार जीपीए ल्याउन नसकेको पाइएको छ ।

निजी विद्यालयका आठ जना चार जीपीए ल्याएर उतीर्ण भएका छन् । विराटनगरको एभरेस्ट इङ्लिस स्कूलका तीन जनाले चार जीपीए ल्याएका छन् । सो विद्यालयले प्रदेशमै उत्कृष्ट नतिजा दावि गरेको छ । यस्तै पथरीको रेड स्टार स्कूलबाट दुई जनाले चार जीपीए ल्याएर उतीर्ण गरेका छन् । यसैगरी विराटनगरका सगरमाथा, बूढानीलकण्ठ र पशुपति आवासीय माविका एक–एक जनाले चार जीपीए ल्याएका छन् । एसईई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो । सो परीक्षामा मोरङबाट १७ हजार २७७ जना विद्यार्थी सहभागी भएका थिए ।

शुक्रबार, १५ असार, २०८१, बिहानको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर