मोरङको धनपालथानबाट १ हजार ५ सय केजी गाँजा बरामद

विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५४८ केजी गाँजा बरामद गरेको हो ।

आज दिउँसो विशेष सूचनाको आधारमा सिंहको घरको ग्वालीमा प्रहरी टोलीले छापा मारेर ४९ बोरा गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । बरामद गरेको गाँजासहित प्रहरीले सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ठुलो परिमाणमा गाँजा बरामद गरेपछि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आफै घटना स्थल पुगेका छन् । एक महिना अगाडी सिंहको घरमा गाँजा भण्डारन गरेको बुझिएको छ । पहाडी जिल्ला धनकुटाबाट गाँजा ल्याएर राखेको हुनसक्ने भएकोले प्रहरीले कारोबारी समात्न लागि परेको छ । भारत तस्करी हुन लागेको गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहिबार, १४ असार, २०८१, रातीको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर