४ जिपीए ल्याउने विद्यार्थीले रोजिन् शिक्षादीप

विराटनगर । गुणस्तरीय शिक्षामा अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेज एसईईको परीक्षामा ४ जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीको रोजाइमा परेको छ ।

सुविधा सम्पन्न भौतिक पूर्वाधारबाट मेडिकल, इन्जिनियरिङ र प्रविधिको क्षेत्रमा अब्बल कलेजको रुपमा स्थिापित शिक्षादीपमा ४ जीपीए ल्याउने विद्यार्थीको रोजाइमा परेको हो ।

बिहीबार प्रकाशित भएको नतिजा अनुसार ४ जीपीए ल्याएकी विराटनगर २ शंकरपुर घर भएकी १५ वर्षीया सिरिन भट्टराईले शिक्षादीप कलेज रोजेकी छिन् । उनले विराटनगरस्थित बुढानिलकण्ठ स्कुलबाट एसईईको परीक्षा दिएकी थिइन् । ४ जीपीए ल्याएर उत्तिर्ण गरेपछि शिक्षादीपमा विज्ञान संकाय लिएर अध्ययन गर्ने उनले सुनाइन् । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने भएको कारणले शिक्षादीप कलेज रोजेको उनले बताइन् । ‘विज्ञान संकाय लिएर पढेपछि मेरो सपना मेडिकल क्षेत्रमा जाने हो । त्यसको लागि शिक्षादीप कलेज रोजेको हो । राम्रोसँग अध्ययन गरेपछि मेडिकल क्षेत्रमा जाने योजना रहेको छ,’ उनले भनिन्, ‘मेहनत गरेर अध्ययन गर्दा सफलता हात पर्दो रहेछ ।’

सिरिनले शिक्षादीपमा उच्च शिक्षा अध्ययन गर्ने भएपछि कलेजले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । उनलाई खादा र माला लगाएर कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले स्वागत गरेको हो ।
४ जीपीए ल्याउने विद्यार्थी भट्टराईलाई प्रिन्सिपल खड्काले बधाइ ज्ञापन गर्दै आगमी शैक्षिक सफलतको शुभकामना दिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल खड्काले कलेजले विद्यार्थी केन्द्रित शैक्षिक वातावरण तयार पारेको कारणले विद्यार्थी र अभिभावको रोजाइमा शिक्षादीप कलेज परेको बताए ।
उत्कृष्ट शैक्षिक वातावरण, अनुशासन, क्यारियर डेभलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण शिक्षादीप कलेजको सफलताको सूत्र भएको प्रिन्सिपल खड्काले बताए ।

बिहिबार, १४ असार, २०८१, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page