विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थलका सातवटा उडान रद्ध भएका छन् ।
विराटनगरको रनवेमा पानी जमेका कारण बुधवारका सात उडान रद्द भएको विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए ।
दिनमा १८ देखि २० उडान हुने गरेकोमा सातवटा रद्द भएको उनले जानकारी दिए ।‘विराटनगरबाट १८ देखि २० वटा फ्लाइट हुने गरेका थिए,’ उनले भने ‘सातवटा क्यान्सिल भएका छन् ।’
रद्द भएका सातबाहेक अन्य भने सुचारु भएको उनको भनाइ छ । श्री एयरलाइन्सको एउटा जहाज काठमाडौंबाट आएर यात्रु लिइ फेरि गइसकेको उनले बताए ।
सौर्यको एउटा जहाज पनि काठमाडौंबाट विराटनगरका लागि उडिसकेको उनले बताए । भण्डारीका अनुसार बुधवार विराटनगरबाट बुद्ध एयरले चार, यतिले पाँच, श्रीले दुई र सौर्यले एउटा उडान भर्दै थिए ।