विराटनगर । मोरङको केराबारीमा बाढीले बगाउँदा एक जना बालकको मृत्यु भएको छ । केराबारी गाउँपालिका–४को गोगुने खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको हो ।
केराबारी–४ का चित्र बहादुर राईको ११ वर्षीय छोरा श्याम राई साथीहरूसँग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोमा आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला पारेका थिए ।
उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना,१२ वर्षीय प्रवीण राई र १२ वर्षीय अर्पन लिम्बु समेतलाई खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीय र प्रहरीले सकुशल उद्धार गरेका थिए ।