ओखलढुङ्गामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

विराटनगर । अविरल वर्षासँगै झरेको पहिरोमा पुरिएर ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा मंगलबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पहिरोमा परी मृतक देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुबै जनाको उद्धार गरिएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले खत्री परिवारको एकतले घर र गोठ पुरिएको छ ।

बुधबार, १३ असार, २०८१, दिउँसोको १२:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर