लोड हुँदैछ...

मेनु

अनेरास्ववियू (क्रान्तिकारी)को विराटनगर महानगर समिति चयन

अनेरास्ववियू (क्रान्तिकारी)को विराटनगर महानगर समिति चयन

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को तेस्रो विराटनगर महानगर सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट ६१ सदस्यीय नयाँ समिति चयन गरिएको छ।

नवनिर्वाचित समितिको नेतृत्व प्रितम साहले गर्नेछन्। उनी अध्यक्ष पदमा चयन भएका छन्। समितिमा चार जना उपाध्यक्षहरू सतीश झा, केशव राजवंशी, दिक्षन्त मण्डल र साहिन शेख रहेका छन् ।

सिवनी चौधरी सचिव पदमा निर्वाचित भएकी छिन् भने सुरेश पल, सुस्मिता शर्मा, सुजीत यादव र साजन उराउ सहसचिवहरूको रूपमा चयन भएका छन्। अभिषेक कुमार रायले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

यी ११ पदाधिकारी बाहेक अन्य ५० सदस्यहरू पनि समितिमा रहेका छन्। नयाँ नेतृत्वले विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने र शैक्षिक क्षेत्रमा सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ। यो निर्वाचनले विराटनगर क्षेत्रमा अनेरास्ववियू (क्रान्तिकारी) को संगठनात्मक संरचनालाई नयाँ गति दिने अपेक्षा गरिएको छ।  कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सह–इन्चार्ज सावित्री काफ्ले (समर), अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षहरु पवन कार्की र मदन भट्टराईलगायतको उपस्थिति थियो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Name galti vayo hajur
June 23, 2024 8:48 PM

Avishek kumar ray haina Ashish Kumar Ray

प्रतिक्रियाहरू बन्द छन्।