रतुवामाईमा बायोस्यान्ड फिल्टर खरिदमा घोटलाको आरोप, छानविन गर्न माओवादीको माग

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाले वितरण गर्नका लागि खरिद गरेको खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको भन्दै छानविन गर्न माग गरेको छ ।

माओवादी केन्द्र रतुवामाइ नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै खानेपानी बायोस्यान्ड फिल्टरमा नीतिगत भ्रष्टचार भएको आरोप लगाउँदै छानविन गर्न माग गरेको हो ।

‘बजारमा होम डेलिभरी सहित सहजै रुपमा जनताले खरिद गर्दा पर्ने मुल्य भन्दा दोब्बर मुल्य पाँच हजार प्रति गोटाका दरले २०० थान फिल्टर मिलेमतोमा कार्यपालिका सदस्य कै सिर्जना बायोस्यान्ड फिल्टर कारखानाबाट खरिद गरी अनुदानमा वितरण गरेको देखाएर रतुवामाई नगरवासीको आखामा छारो हाली नीतिगत भ्रष्टाचार गरेको खबर सामाजिक संजाल र मिडियाहरुमा आएको समाचार प्रति हाम्रो पाटि ने.क.पा. माओवा केन्द्र, रतुवामाईको गम्भिर ध्यानार्कषण भएको छ । उक्त नितिगत भ्रष्टचारको हाम्रो पार्टी घोरभर्त्सना र निन्दा गर्दछ,’ जारी विज्ञप्तीमा उल्लेख छ ।

यस बायोस्यान्ड फिल्टर खरिद र वितरण प्रक्रियाको बारेमा तत्थ प्रमाण सहित नगरपालिकाको कार्यालयको तर्फबाट नगर प्रमुखको जबाफको माग माओवादीले गरेको छ । नीतिगत भ्रष्टाचार गर्ने÷गराउने नगर प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायत सम्बन्धीत कर्मचारीहरुलाई निष्पक्ष अनुसन्धान तथा सत्यतथ्य छानबिन गरी निर्दोष नफस्ने र दोषि नउम्कने गरी तथ्य प्रमाणका आधारमा नियमानुसार कारवाहीको माग गरेको छ ।

शनिबार, ०९ असार, २०८१, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर