कोशीसहित चार प्रदेशमा मनसुनी प्रणालीको प्रभाव बढी

विराटनगर । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा मनसुनी प्रणालीको प्रभाव विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले नेपालका चार प्रदेशमा मनसुनी प्रणालीको प्रभाव बढी रहको महाशाखाले जनाएको छ

शुक्रबार बिहान कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका सबै र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

शुक्रबार, ०८ असार, २०८१, बिहानको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर