बिराटनगर । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । यो पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपदका कार्यहरु गर्न सहज हुने छ ।
प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो ।मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले योजना पास गरेको हो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरुलाई विपदका बेला सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने बताए ।
प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ । बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताए ।
बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ । सबैभन्दा बढि उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको छ ।
त्यस्तै विपदबाट प्रभावित भएका परिवारका निजी आवास पनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ । प्रदेश सरकारले जाजरकोटका भुकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ । त्यस्तै मुख्यमन्त्री अत्यावस्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड खर्च गरिसकेको छ ।
विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरुसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।