मुडियारी समुदायको पहिलो भाषिक गीत रेकर्ड

मोरङ । नेपालको तराई क्षेत्रको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने अल्पसंख्यक, अति सीमान्तकृत आदिवासी भित्रका मुडियारी समुदायमा प्रचलित जितिया पर्वसम्बन्धि दुइवटा गीत नेपालमै पहिलो पटक रेकर्डिङ गरिएको छ ।

रेडियो नेपालको विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति संञ्चारग्रामको स्टुडियोमा मुडियारी भाषाका गायक तथा कलाकारहरूले आफ्नो भाषाको गीत रेकर्ड गराएका हुन् । मुडियारी जातिको आफ्नै भाषा, संस्कृति, संस्कार, रितिरिवाज, चाडपर्व, भेषभूषा, चालचलन, बाजागाजालगायत आफ्नै पहिचान रहेको पाइन्छ । मुडियारी भाषामा गाउँ, घर, चाडपर्व, उत्सव, जात्रा बिहेवारीको समय तथा सिजन अनुसारका छुट्टाछुट्टै गीतहरू रहेपनि गाउँघरमै सीमित छन् ।

मुडियारी समुदायको जातीय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय समिति र नेपाल नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी–७ डंगटोली मोरङ समितिले जातीय भाषा संस्कृति संरक्षण र जगेर्नाका लागि गीत रेकर्ड गरिएको हो ।

नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रका केन्द्रीय सचिव सूर्य नारायण मुडियारी, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र कटहरी–७ कमिटी अध्यक्ष विहालाल मुडियारी, ज्येष्ठ नागरिक सकली देवी मुडियारी, जितिया ब्रतालु बस्ने कमली मुडियारीलगाएतका मुडियारी समुदायहरू रेडियोको स्टुडियो पुगेका थिए ।
मुडियारी समुदायहरू राज्यको मूल प्रवाहमा पछि परेको समुदाय हो । यस समुदायहरूले झाँगड पनि लेख्ने गरेको पाइन्छ । यस समुदायमा कर्माधर्मा (करम पूजा) पर्व, जितिया पर्व, बहारजात्रा पूजालगायत मुख्य जातीय चार्डपर्व र पूजा धुमधामसँग मनाउने गरिन्छ ।

बिहिबार, ०७ असार, २०८१, बिहानको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर