भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । उनले उनले राष्ट्रपति दौपदी मुर्मूसमक्ष राजीनामा दिएका कुझाएका हुन ।

राष्ट्रपति मुर्मूले पनि प्रधानमन्त्री मोदीको राजीनामा आज नै स्वीकृत गरेकी छिन् ।

चाँडै राष्ट्रपति मुर्मूले नयाँ सरकार गठनका लागि आह्वान गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आगामी शनिवार नयाँ प्रधानमन्त्रीले शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको पनि गठबन्धनको सहयोग लिएर फेरि मोदी नै प्रधानमन्त्री हुने सम्भावना प्रबल रहेको जनाइएको छ । भाजपा मोदी आबद्ध दल हो ।

भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ ।

बुधबार, २३ जेठ, २०८१, दिउँसोको ०३:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page