बिष्फोटक पदार्थसहित दुई जना पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाबाट विस्पोटक पदार्थ सहित २ जना पक्राउ परेका छन् । चैनपुर नगरपालिका –११

सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ।

पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका –९ तुम्लिङटार बस्ने २७ वर्षीय बसन्त कुमाल र २७ वर्षीय बिकास कुमाल रहेका छन् ।

प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बिष्फोटक पदार्थसहित पक्राउ गरेको अस्थायी प्रहरी पोष्ट सभाखोलाले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

मङ्गलबार, २२ जेठ, २०८१, दिउँसोको ०४:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर