आर्शीले जितिन् इन्टरसिटी कविता प्रतियोगिताको उपाधि

विराटनगर । इन्टरसिटी कविता प्रतियोगिताको उपाधि विराटनगरस्थित सेन्ट मेरिज स्कुलकी आर्शी पोखरेलले जितेकी छिन् ।

विराट हेल्थकेयर इन्डस्ट्रिजले ‘विश्व महिनावरी स्वच्छता’ दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको प्रतियोगितामा २९ जना विद्यार्थीहरुलाई पछि पार्दै आर्शीले कविता प्रतियोगिताको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद १५ हजार रुपैयाँको साथै वाइट मुन सेनेटरी प्याड र चियुरा हेल्थको तर्फबाट विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन् ।

यसैगरी प्रतियोगिताको द्धितीय इटहरीस्थित विश्व आर्दश स्कुलकी साइमा कार्की र तृतीय विश्व आदर्श विद्यालयका अदिती भट्टराई भइन् । उनीहरुले क्रमश ः ९ हजार र ६ हजार जितिन् ।
प्रतियोगितामा ९ वटा विद्यालयका ३० जना विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा विराट टिचिङ अस्पतालका भाइस चियरमेन डेनिस कार्की, विराट हेल्थकेयर इन्डस्ट्रिज ब्राण्ड मेनेजर दिक्षा थापा, सशिकला तिवारी खड्कालगयात रहेका थिए ।

मङ्गलबार, १५ जेठ, २०८१, साँझको ०६:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page