महालेखा परीक्षकको ६१ औं प्रतिवेदन

विराटनगरको बेरुजू प्रतिशत जिल्लामै सबैभन्दा कम

मोरङका १७ पालिकामध्ये सबैभन्दा बढी बेरुजू प्रतिशत पथरीशनिश्चरे नगरपालिकामा देखियो

विराटनगर । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन अनुसार मोरङका १७ वटै पालिकामध्ये सबैभन्दा कम बेरुजू प्रतिशत भएको पालिकामा विराटनगर महानगरपालिका परेको छ ।

विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखापरीक्षण गर्दा बेरुजू रकम भने ७ करोड ११ लाख ५३ हजार अर्थात् १.०३ प्रतिशत रहेको छ । यस्तै सबैभन्दा बढी बेरुजू प्रतिशत पथरीशनिश्चरे नगरपालिकामा देखिएको छ । पथरीशनिश्चरेमा लेखापरीक्षण गरेको १ अर्ब ३८ करोड ९८ लाख ३८ हजार रुपैयाँ मध्ये ४ करोड ८९ लाख २५ हजार अर्थात् ३.५२ प्रतिशत बेरुजू देखिएको हो ।

यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी गाउँपालिका, केराबारी गाउँपालिका, जहदा गाउँपालिकाको बेरुजू प्रतिशत ३ प्रतिशत भन्दा बढी देखिएको छ । सुन्दरहरैंचामा ३ अर्ब ६ करोड ५६ लाख ८९ हजार लेखापरीक्षण गर्दा ९ करोढ ९२ लाख ३८ हजार बेरुजू पुगेको छ । यस्तै कानेपोखरी गाउँपालिकाको १ अर्ब ७७ करोड ८८ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण भइसक्दा बेरुजू रकम भने ५ करोड ५३ लाख ४० हजार पुगेको छ ।

यस्तै केराबारी गाउँपालिकाको बेरुजू ४ करोड ३६ लाख ९८ हजार, जहदा गाउँपालिकाको ४ करोड ४१ लाख ८३ हजार, उर्लाबारी नगरपालिकाको ६ करोड ७६ लाख ९५ हजार, रंगेली नगरपालिकाको ४ करोड ६३ लाख ५२ हजार, बेलबारी नगरपालिकाको ३ करोड ५९ ला २ हजार, रतुवामाई नगरपालिकाको ३ करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको ३ करोड ३५ लाख ५६ हजार, सुनवर्षी नगरपालिकाको २ करोड ७१ लाख १० हजार रुपैयाँ बेरुजू रहेको छ । यस्तै कटहरी गाउँपालिकाको २ करोड ५७ लाख ३५ हजार, ग्रामथान गाउँपालिकाको २ करोड १८ लाख ५९ हजार, धनपालथान गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको ३ करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको बेरुजू ४ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजू रकम स्थानीय तहको गठन भएयताको ७ वर्षमा कायम भएको रकम हो ।

मङ्गलबार, १५ जेठ, २०८१, दिउँसोको १२:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर