एमाले भोजपुरमा खड्काको प्यानलै विजयी

भोजपुर । नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईका स्वकिय सचिव मक्कर खड्काको प्यानलै विजयी भएको छ ।निवर्तमान अध्यक्ष शरणकुमार राईको प्यानललाई हराउँदै खड्काको प्यानलले निर्वाचित बनेको हो ।
खड्काले ३१७ भोट पाउँदा शरण राई २२३ मत पाएका थिए ।

उपाध्यक्षमा किरण राई ३११ मत ल्याएर विजयी भएका छन् । कृपाशुर शेर्पाले २१६ भोट ल्याएका छन् । सचिवमा ३४७ भोट ल्याएर एक्सन राई विजयी भएका हुन । ज्ञानेन्द्र कार्कीले १६८ भोट ल्याएका थिए । एक्सन पत्रकार महासंघ भोजपुर शाखाका अध्यक्ष समेत हुन ।

उपसचिवमा ३०४ भोट ल्याएर दौलथ कुलुङ राई विजयी भएका छन् । जगतबहादुर चौहानले १७३ भोट र साइती राईले ११ भोट ल्याइन् । गत स्थानीय चुनावमा टिकट नपाएपछि विद्रोह गरेर साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेका दौलथले यही अधिवेशनबाट एमालेमा कमव्याक गरेका हुन् ।

महिला उपसचिवमा रमादेवी राई २९३ भोट ल्याएर विजेता बन्दा मेरिका राई २१६ भोटमा रोकिइन् ।

नेतृत्व चयनका लागि ६०८ जना प्रतिनिधिमध्ये ५७३ जनाले मतदान गरेका थिए ।

सबै पदाधिकारीलाई स्थायी कमिटी सदस्य एवं कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले साथ दिएका थिए ।

आइतबार, २३ बैशाख, २०८१, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर