विराटनगरमै विद्युतीय गाडी उत्पादन हुने

विराटनगर । नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता भएको छ ।

एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमवार नेपालको कोशी एनके मोटर्स प्रालि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

नेपालका तर्फबाट सम्झौतामा कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने उनले बताए ।

मोरङको बुढीगंगा गाउँपालिका १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको जनाइएको छ ।

यस कम्पनीमा शुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए । कम्पनीले प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाइएको छ ।

सोमबार, १७ बैशाख, २०८१, दिउँसोको ०४:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर