विराटनगर । नयाँ अनुभव र सिकाइ भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशीले अन्तरप्रदेश भ्रमण सफल भएको जनाएको छ ।
महासंघ कोशीले प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई विभिन्न चार प्रदेशमा भ्रमण गराएको थियो । महासंघको टोलीले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भ्रमण गरेको थियो ।
भ्रमणका क्रममा अन्य प्रदेशका उद्योग वाणिज्य महासंघ तथा संघहरूको सचिवालय, व्यवस्थापन, नियमित र विकासमूलक कार्यक्रम कार्यान्वयन, संस्थागत सुशासन, स्रोत व्यवस्थापनजस्ता विषयमा रहेका असल अभ्यासबारे अनुभव साटासाट गरेको हो ।
गत चैत्र १६ गतेदेखि २० गते पाँच दिनसम्म भएको उक्त भ्रमण गर्ने क्रममा मधेश प्रदेशको लहान उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, जनकपुर उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, स्याङ्जा उद्योग वाणिज्य संघ, पाल्पा उद्योग वाणिज्य संघ, बुटबल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ एंवनेपाल उद्योग वाणिज्य महासंघ आदिको भ्रमण गरी अनुभव आदानप्रदान गरेको थियो ।
द एशिया फाउण्डेशनको सहयोग तथा कम्यूनिटी इन्गेजमेन्टस्एण्ड आउटरिच प्रा.लि.सँगको सहकार्यमा भ्रमण आयोजना भएको थियो । भ्रमणले संस्थागत विकासका साथै क्षमता अभिवृद्धिमा प्रोत्साहन भएको निश्कर्ष निकालेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्य समितिका सदस्य वीरेन्द्रकुमार साह र कार्यकारी निर्देशक राधारमण भण्डारी(श्याम)को नेतृत्वमा गएको उक्त भ्रमण टोलीमा ३० जना सहभागी थिए ।