वैवाहिक बलात्कारको आरोपमा निलम्बित भएका न्यायाधीश गिरीलाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं । श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाएपछि निलम्बित भएका जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले उच्च अदालत पाटनको आदेश बदर गरी गिरीलाई थुनामै राख्न आदेश दिएको हो।

कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

काठमाडौं जिल्ला अदालतले थुनामै राख्न आदेश दिए पनि उच्च अदालतले थुनाबाहिरै रहेर मुद्दाको प्रतिवाद गर्ने छुट दिएको थियो।

उच्च अदालतको त्यो आदेश बदर गरी सर्वोच्चले थुनामै पठाउन भनेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

उच्च अदालतको आदेशविरूद्धको निवेदनमा बुधबार सुनुवाइ भइरहँदा न्यायाधीश गिरीकी पत्नीले इजलासमै ‘विष’ सेवन गरेकि थिइन ।

बुधबार, २१ चैत, २०८०, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर