कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ फाल्गुन मसान्त सम्मको ७ वटै वडाको कार्यालयको दर्ता भएको विवरण सार्वजनिक गरेको छ ।
वडाहरुमा दर्ता भएका व्यत्तिगत घटनाको विवरण, इफट इलेक्ट्रोनिक्स फन्ड ट्रान्सफर मार्फत भुक्तानी गरिएको सामाजिक सुरक्षा भत्ता लाभग्राहीरुको विवरण र लगतकट्टा सम्बन्धि विवरण संकलङ गरि सार्वजनिक गरिएको कानेपोखरी गाउँपालिकाका एमआईएस अपरेटर चुडामणि कोइरालाले बताए ।
कानेपोखरी गाउँपालिकामा वडा नं. १ देखि ७ सम्मको जन्म हुनेको संख्या महिला र पुरुष गरि ६२६ रहेको छ भने मृत्यु हुनेको संख्या महिला र पुरुष गरि २७९ रहेको छ । सम्बन्धविच्छेदको संख्या ४२ रहेको छ । विवाह दर्ता गर्ने हरुको संख्या २६८ रहेको छ । बसाई सरी आएको दर्ता संख्या १३२ तथा सदस्यको संख्या ४०३ रहेको छ । बसाई सरी जानेको दर्ता संख्या १२४ तथा सदस्यको संख्या ३७५ रहेको छ ।
अन्य ज्येष्ठ नागरिक भत्ताको कायम संख्या ३२६२, ज्येष्ठ नागरिक दलित भत्ताको कायम संख्या १६९ ज्येष्ठ नागरिक एकल महिला भत्ता ४३१, विधुवा ७२५ , पूर्ण अपाङ्गता भत्ता १२४, अति अशक्त अपाङ्गता भत्ता २३३, दलित बालबालिका भत्ता २६३ गरि जम्मा कायम संख्या ५२०७ रहेको छ ।गाउँपालिकाले फाल्गुन मसान्त सम्ममा ५ करोड २४ लाख ४५ हजार ५६० रुपैयाँ रकम वितरण गरेको छ ।

