एमाले जिल्लाअधिवेशन

मोरङ अध्यक्षकालागि चार नेताको दौड

मोरङ विराटनगरका स्थापितएमाले नेताविनोद ढकाल र अध्यक्षऋषिकेश पोखरेल पक्षबीचप्रतिस्पर्धाको तयारी

विराटनगर ।नेकपा (एमाले) कोशीप्रदेशका सबै जिल्लाअधिवेशनको दौडमा छ । केहीदिन अगाडि विराटनगरमा बसेको प्रदेश समितिको बैठकले ११ जिल्लाको जिल्लाअधिवेशनको मितिपनितोकेको छ । तर, मोरङ र सुनसरीको भने अधिवेशनको मितितोकेको छैन । यद्यपिआउँदो जेठ मसान्तसम्ममा सबै जिल्लाको अधिवेश नगरिसक्ने एमालेले जनाएको छ ।
जनसंख्या र निर्वाचन क्षेत्रको हिसावले पनि मोरङ प्रदेशकै सबैभन्दा ठूलो जिल्ला हो । यस्तै मोरङ एमाले नेतामनमोहनअधिकारी र मदन भण्डारीको गृहजिल्लापनिहो । त्यही कारण पनिएमालेको मोरङ जिल्लाअधिवेशनलाई पार्टी नेताहरुले महत्वका साथ हेरेका छन् ।

अधिवेशनको मिति नजिकिएसँगै एमाले मोरङको अध्यक्षकाआकांक्षीहरूको दौडधूप पनि सुरु भएको छ । मोरङमा हालसम्म ४ जनाले अध्यक्षबन्ने बताउँदै आएका छन् । जसमा महेश भट्टराई, बाबुरामकार्की, सागर थापा र राजकुमार ओझा रहेका छन् । ओझा हालप्रदेश समितिका सचिवालय सदस्य छन् भने कार्की मोरङ जिल्ला उपाध्यक्षहुन् ।थापा विराटनगर महानगरपालिकाका अध्यक्षतथा भट्टराई प्रदेश समितिमा पराजित भएका एमाले नेता हुन् ।

एमालेले मोरङका सबै वडाको अधिवेशन सम्पन्न गरिसकेको छ । पालिकाहरुको भने बाँकी रहेको एमाले मोरङका अध्यक्षऋषिकेश पोखरेलले जानकारी दिए । पालिकाको अधिवेशन सकेर जिल्लाको अधिवेशन गर्ने भन्ने तयारी रहेको भएपनि पार्टी केन्द्रले जिल्ला अधिवेशन सक्न निर्देशन दिएपछि सोहीअनुसार अभियानमा जुटेको उनले जनाए । ‘वैशाखभित्र हामीले वैचारिक अभियान सक्छौं र यहीक्रममा हामीले जिल्लाअधिवेशनको तयारी पनि गर्छौं,’ पोखरेलले भने ।
एमालेले दोहोरो जिम्मेवारी नहुने गरी पार्टीको जिम्मेवारी दिने नीतिबनाएको छ । अध्यक्ष पोखरेल प्रतिनिधिसभाका सदस्यतथा सार्वजनिक लेखा समितिका सभापतिपनिहुन् । त्यही कारण पोखरेलले अध्यक्षको दाबीनगर्ने एमाले स्रोत दाबी गर्छ । पोखरेलले भने पार्टीले भनेअनुसार अगाडि बढ्ने बताएका छन् ।

एमाले मोरङमा गतवर्ष नवीकरण भएका र अनलाइनमा प्रविष्ट भएका पार्टी सदस्यहरुको संख्या २६ हजार पुग्ने अध्यक्षपोखरेलको अनुमान छ । अघिल्ला एमालेका जिल्ला अधिवेशनमा १ हजार ८ सयको हाराहारीमा प्रतिनिधिहरु सहभागीहुने गरेका थिए । यस पटक भने १हजार ५ सयभन्दा माथि पुग्ने पोखरेलले बताए । एमाले मोरङको अधिवेशन आयोजक समितिमा २ सय हाराहारीमा रहेका छन् ।

एमालेले संखुवासभामा अधिवेशन सम्पन्नगरिसकेको छ । एमालेले आउँदो चैतको १३ र १४ गते उदयपुर, चैत १५ र १६ गते झापा, चैत १७ र १८ गते पाँचथर, चैत २३ र २४ गते सोलुखुम्बु, चैत २६ र २७गते ओखलढुङ्गा, चैत २८ र २९ गते खोटाङको अधिवेशनहुने मिति तय गरेको छ । यस्तै वैशाखको ३ र ४ गते भोजपुर, वैशाखको २३ र २४ गते ताप्लेजुङ, वैशाखकै २५ र २६ गते तेह्रथुम र वैशाख २८ र २९ गते धनकुटाको अधिवेशन गर्ने मितिएमालेले तय गरेको हो । मोरङ र सुनसरीको भने केहीप्राविधिकपक्षमिलाउनु पर्ने भएकोले मिति तय नगरिएको एमालेले जनाएको छ ।

आइतबार, ११ चैत, २०८०, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर