घरेलु महासंघ मोरङको अध्यक्षमा पुनः निरौला, महिला उद्यम समितिमा भण्डारी

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अध्यक्षमा पुन : चेतनाथ निरौला निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको १२ औं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालको लागि निरौला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजय कुमार राय, उपाध्यक्षमा चन्द्र प्रकास अधिकारी, तुलसी राम ढकाल, महासचिवमा उत्तम श्रेष्ठ, सचिवमा श्यामलाल पौडेल(भवेश), सहसचिवमा गणेश कुमार साह र कोषाध्यक्षमा सोमि भगत चौलागाई रहेका छन् ।

समितिको सदस्यहरुमा भुपाल थापा, लालबावु भगत, रमेश कुमार राउत, सायदा तबस्सुम, रमेश कुमार खड्का, ज्ञानीमाया अधिकारी, गुरु प्रसाद अधिकारी, रामचन्द्र निरौला, दिनेश कुमार ठाकुर, वैजनाथ शर्मा, कृष्ण पति लाल दास, किशोर कुमार पाण्डे र शर्मिला काफ्ले रहेका छन् ।

यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङको अध्यक्षमा अम्बिता भण्डारी चयन भएकी छिन् । समितिको १० औं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मालती उपाध्याय आचार्य, उपाध्यक्षमा यमुना पोखरेल, महासचिबमा भुमिका गिरी, कोषाध्यक्षमा रीता दाहाल रहेकी छिन् । यसैगरी सदस्यहरुमा रेखा कुमारी चौधरी, नरमाया दंगाल, दमान्ता कटुवाल, अञ्जु बस्नेत, कविता कार्की, हंस कुमारी माझी र लक्ष्मी घिमिरे रहेकी छिन् ।

नवनिर्वाचित कार्यसमितिहरुको पदस्थापन कार्यक्रम शुक्रबार रहेको थियो । सोही अवसरमा महासंघले होली मिलन कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रममा बोल्दै महासंघको अध्यक्ष निरौलाले घरेलु तथा साना उद्योगहरुको समस्या र यसको निवारणको लागि योजनाबद्ध तरिकाले अगाडी बढने बताए ।

शनिबार, १० चैत, २०८०, बिहानको ०९:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर