लोड हुँदैछ...

मेनु

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्वारा ५० लाखको छात्रवृत्ति

शिक्षादीपका विद्यार्थीको लागि टेकस्पायर कलेजद्वारा ५० लाखको छात्रवृत्ति

विराटनगर । काठमान्डौंको आइटीको क्षेत्रमा चर्चित टेकस्पायर कलेजले विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूको लागि छात्रवृत्ति प्रदान गरेको छ । टेकस्पायर कलेजले शिक्षादीप कलेजका विद्यार्थीहरूको लागि शुक्रवार ५० लाख बरावरको छात्रवृत्ति प्रदान गरेको हो ।

उक्त छात्रवृत्ति कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालाई टेकस्पायर कलेजका सिईओ स्मरण दवाडीले चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल खड्काले यो छात्रवृत्ति विद्यार्थीहरूको लागि सुनौलो अवसर भएको बताए । कार्यक्रममा बोल्दै टेकस्पायर कलेजका सिइओ स्मरण दवाडीले सिपमूलक शिक्षा अहिलेको आवश्यकता भएको बताए । त्यसैले आइटिको क्षेत्रमा टेकस्पायर कलेजले अध्ययन गराउँदै आएको उनले बताए ।

कलेजले प्रदान गरेको छात्रवृत्तिमा आर्थिक विपन्न, जेहनदार, दलित, अपाङ्गता भएका विद्यार्थीहरूले उक्त छात्र वृत्तिमा टेकस्पायर कलेजमा अध्ययन गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।