विराटनगर । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबाट गठन गरिएको युवा उद्यमीको फोरममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देशबन्धु बस्नेत (अजित) उपाध्यक्षमा मनोनित भएका छन् ।
उक्त फोरममा शिवम् अर्गनाइजेसन विराटनगरका सञ्चालक प्रतिक राउत, स्काई रोड क्यारियर्सका प्रबन्ध निर्देशक रतेश लामिछाने, आइएमई मोटर्सका सिइओ निशान ढकाल, ग्लोबल इक्विटी फण्डका साझेदार आशिष ढकाल, मेरीगोल्ड ज्वेलर्सका सञ्चालक साम्राज्य श्रेष्ठ र पराजुली टि इण्डष्ट्रिजका सञ्चालक आदित्य पराजुली पनि मनोनित भएका छन् । उनीहरुलाई फोरममा मनोनित गरिएको बारेमा सार्क चेम्बर अफ कमर्स इन्डस्ट्रीका महासचिव जूल्फीकर अलि बटले जानकारी गराएका हुन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।