विराटनगर । मोरङको रतुवामाई नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निर्माणको काम सुरु भएको छ ।

चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलान्यास बिहीबार भएको हो । सो भवनको शिलान्यास कोशी प्रदेशका पर्यटन, वन तथा विवरण मन्त्री गणेश उप्रेती (सुशील)ले गरे । कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सहिदको नाममा निर्माण भएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा काम गर्ने बताए ।

३६ लाख ६ हजार १सय ९३ रुपैयाँ लागतमा निर्माण भइरहेको अर्जुन स्मृति प्रतिष्ठानले शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी निवारणको क्षेत्रमा काम गर्ने प्रतिष्ठानका अध्यक्ष सुब्बा सोरेनले बताए । तीन तलाको बन्ने भवन निर्माण तत्कालको लागि एक तलाको बन्नेछ । बिस्तारै थप गर्दै लैजाने बताइएको छ ।

मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्र मोरङ क्षेत्र नम्बर २९१० मा ८४ वटा योजनाहरू रहेको छ । विनियोजन भएको योजनाहरू अहिले धमाधम शिलान्यास भएर निर्माण को कामहरू भइरहेको छ । कोशी प्रदेश सरकारबाट मात्रै ८४ वटा योजनाहरू रहेको छ । संघिय मन्त्रालयहरूबाट मात्रै मन्त्री उप्रेतीको पहलमा उनको निर्वाचन क्षेत्रमा आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ३८ लाख बढीको योजनाहरू ल्याएर अहिले कार्यान्वयन भइरहेको छ ।