विराटनगर । थारु कल्यानकारी सभा मोरङको १० औं जिल्ला अधिवेशनले प्रदिप कुमार विश्वासको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित रहेको थारु संग्रालयमा सम्पन भएको अधिवेशनले विश्वासको सभापत्विमा २१ सदस्य नयाँ मोरङ जिल्ला कार्यसमिति चयन भएको हो । विगत ९ महिना देखि अधिवेशन विवादीत बनेको थियो । थारु अगुवाहरुको पहलमा सवै कानुनी प्रक्रिया पुरा गरेर सम्पन भएको अधिवेशनले विश्वासको प्यानल विजय भएको हो । विश्वासले १५४ मत प्राप्त गरे ।

थारु कल्याणकारीणिसभाको २७२ मतदाता मध्ये ५८ प्रतिशत अर्थात १५७ मत खसेको थियो । सो मतदानमा तिन मत वदर भएको थियो । अधिवेशनले ८ जना केन्द्रिय पार्सद समेत चयन भएका छन् । तीनजना उपाध्यक्ष मध्ये महिला उपाध्यक्षमा जयन्ती खाँ १३७ मतका साथ बिजयी भईन भने जागेश्वर बिश्वास १४१ मत र बाबुराम चौधरीले १२० मत सहित उपाध्यक्षमा विजय भएका छन ।

यसैगरी सचिबमा प्रसान्त चौधरी १३९ मत, सह–सचिबमा मनोज कुमार विश्वास १३६ मत र कोषाध्यक्षमा ललित कुमार चौधरीले १३९ मत सहित विजय भए ।

त्यसैगरी सदस्यहरुमा क्रमश ःआशावती थारु , अनिता देवि विश्वास , इन्दुदेवी चौधरी , ज्ञानचन्द्र गच्छदार , चुढामणी धामी थारु , बन्नालाल चौधरी , सुनिता चौधरी, रम्भा धामी थारु , महेश प्रसाद चौधरी , शिवराम थन्दार ,सुनिता कुमारी माझी , रखीलाल चौधरी । त्यसैगरी केन्द्रिय प्रतिनिधिमा ८ जना निर्विरोध भएका छन् । कन्नुलाल चौधरी , भक्तीनाथ माझी , चुमनारायण तवदार , बालचन्द्र माझी , दुखाराम गच्छदार , भुखनी देवि चौधरी , गेना देवि चौधरी र सरस्वती चौधरी निर्विरोध भएको निर्वाचन अधिकृत जयराम पंजियारले जानकारी दिए । निर्वाचित सभापति प्रदिप कुमार विश्वासले आधिवेशनमा देखिएको विवाद समान्य भएको बताए । अधिवेशन सम्पन भएसंगै सवै संग सहकार्य गरेर संस्थाको हितका लागि प्रतिवद्ध भएर कामगर्ने बताए ।

लोकतान्त्रिक परिवेशमा अधिवेशनको समयमा गुट उपगुट हुनु स्वभाविक भएकाले अगामी दिन पुर्व अध्यक्ष सहित अगुवा संग छलफल गरेर हरेक काम गर्ने आफ्नो नीति भएको बताए ।

थारु कल्याणकारीणि सभाको मोरङ अर्को सभापतिका उम्मेदवार प्रदिपकुमार भगत थारूले संस्थाको मर्म र भावना विपरित अधिवेशन भएको आरोप लगाए । पत्रकार सम्मेलनको आयोजना गरेर थाकसको केन्द्रिय कमिटिले विघटन गरेको निर्वाचन मण्डलका निर्वाचन अधिकृत जयराम पंजियारले आफु खुशी सम्पन गराएको अधिवेशन आफुलाई मान्य नभएको बताए । आफु नै अधिकारी अध्यक्ष भएको दावी गर्दे उनले भने –‘ केन्द्रिय कमिटिको निर्देशन विपरित भएको अधिवेशले चयन गरेका पदाधिकारी गैरकानुनी हो । ‘