सेयर बजार लगातार तीन दिनदेखि ओरालो

काठमाडौं । सेयर बजार लगातार तीन दिनदेखि ओरालो लागिरहेको छ । आज १५.३७ अंकले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ ।

बिहीबार चार करोड ३१ करोड ३० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल नेप्सेले जनाएको छ । आज कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक ओरालो लागेको छ ।

व्यापार समूहको परिसूचक २८.५२ अंकले बढेर २८३८.०२ विन्दुमा पुगेको छ । आज सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । यो समूहको परिसूचक १.३२ प्रतिशतले घटेर ४०१०.२५ विन्दुमा बन्द भएको छ ।

४८ कम्पनीको सेयर मूल्य वृृद्धि भएको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबारबाट कारोबारमा आएको सर्वोत्तम सिमेन्टको सेयर मूल्य लगातार तेस्रो दिन पनि ९.९९ प्रतिशत बढेर प्रतिकित्ता ७३९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

बिहिबार, ०८ चैत, २०८०, साँझको ०५:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर