संखुवासभाका स्थानीय तहमा भ्रष्टाचारका उजुरी बढे

संखुवासभा । संखुवासभा जिल्लामा भ्रष्टाचारका ८६ उजुरी परेको पाइएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका भ्रष्टाचारका उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका अनुसार साउन यता संखुवासभामा ८६ वटा उजुरी परेका हुन् । आज सदरमुकाम खाँदबारीमा भ्रष्टाचार नियन्त्रणका लागि भएको अन्तर्क्रियामा विभिन्न सरकारी कार्यालय र स्थानीय तहका ८६ वटा उजुरी परेको जानकारी दिइएको छ । जिल्लामा गत वर्ष साउन १ सय १९ उजुरी दर्ता भएका थिए ।

अख्तियार कार्यालय इटहरीले भ्रष्टाचार नियन्त्रणका लागि सरोकारवाला निकाय सँग खाँदबारीमा एक दिने अन्तर्क्रिया कार्यक्रम गरेको हो । पछिल्लो समय सरकारी कार्यालयमा भ्रष्टाचार बढेको भन्दै सरोकारवाला निकायले चासो व्यक्त गरेका छन् । राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता तथा खबरदारीयुक्त जनदबाबविना भ्रष्टाचार नियन्त्रण हुन नसक्ने धारण व्यक्त गरे ।स्थानीय तहले प्रभावकारी ढङ्गले काम नगर्दा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.हरि पौडेलले बताए । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै आयुक्त पौडेलले स्थानीय तहको नियम परिधि भित्र रहेर काम गरे मात्र सुशासन ल्याउन सकिने बताए ।

भ्रष्टाचारले समाजमा आर्थिक असमानता सिर्जना गर्ने र नागरिकमा सार्वजनिक सेवाप्रतिको विश्वास गुम्ने हुनाले भ्रष्टाचार नियन्त्रणका सबै सरोकारवालाहरू एकजुट हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । अख्तियार कार्यालय इटहरीका अनुसार उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेका छन् ।

जिल्लामा आर्थिक २०७९ /०८० मा ८६ वटा उजुरी परेका थिए । भने हालसम्म ३१ वटा उजुरी फर्स्यौट भएका छन् । जसमध्ये ५५ वटा उजुरी फर्स्यौट हुन बाकी छन् । चैनपुर नगरपालिका सबैभन्दा धेरै १३ वटा र कम सिलिचोङ गाउँपालिकामा ३ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा १४ जिल्लाका २१ सय ५२ उजुरी परेको छन् । भने ११ सय ५९ उजुरी फर्स्यौट भएको कार्यालयले जनाएको छ ।

बुधबार, ०७ चैत, २०८०, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर