विराटनगर । मोरङको रंगेलीमा गएको शनिबार भएको आगलागीमा घरबारविहित भएका पीडित परिवारलाई कोशी प्रदेशसभाका सदस्य जीवन आचार्यको पहलमा राहत वितरण गरिएको छ ।
रंगेली ३ स्थित बाबुसाहेब टोलप्का सन्थाल बस्तीमा भएको भिषण आलागीमा २८ परिवार विस्थापित भएका थिए ।
पीडितहरुलाई मंगलबार सांसद आचार्यको उपस्थितिमा राहत वितरण गरिएको हो । कार्यक्रममा संघीय सांसद ऋषिकेश पोखरेल, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश भट्टराई, नेपाल प्रहरीका एसपी, सिआईएन केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, प्रदेश अध्यक्ष पवन शारडा, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालसहितको उपस्थितिमा राहत वितरण गरिएको हो ।
जिल्ला दैबिप्रकोप उद्दार समन्वय समितिको समन्वयमा राहत सामाग्री वितरण गरिएको हो । राहत सामाग्रीमा २८ परिवारका लागि खाद्यान्न चामल, दाल तेल, चिउरा, चाउचाउलगायतका एक लाख रुपैयाँ बराबरको सामान छ ।
कार्यक्रममा सांसदद्वयले पीडितलाई राहत र पुनःस्र्थापनाको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

