नेपाल बैंक लिमिटेड सिटी अफिसद्वारा वित्तीय साक्षरता

विराटनगर । नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मंगलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय संस्था आर्थिक सहकार्य तथा विकास संगठन ‘ओईसीडी’ को युवा लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो ।

‘ग्लोबल मनिविक २०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएच का १०६ भन्दा बढी विद्यार्थीहरु लाभान्वीत भए ।

हरेक बर्षको मार्चमा ६ देखि ११ सम्म कार्यक्रम संचालन हुँदै आएको छ । कार्यक्रम युवा लक्षित रहेको र विश्वको १७६ देशहरु यस कार्यक्रममा सहभागी रहँदै आएका छन् । सो अवसरमा युवाहरुमा बैकिङ बानीको बिकास, डिजिटल बैकिङ, अर्थतन्त्र, क्यूआर तथा नगदरहित बैकिङको आबश्यकता र अर्थतन्त्रबिचको अन्तर सम्बन्धबारे बैंकका सहायक प्रबन्धक शिब श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा शाखाका उपप्रबन्धक निलम खरेल, रंजन ठाकुर तथा करिष्मा कोईराला लगायतका कर्मचारीसमेत रहेका थिए ।

बुधबार, ०७ चैत, २०८०, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर