नेप्से बुधबार सामान्य अंकले घटयो

काठमाडौं । सेयर बजार बुधबार सामान्य अंकले घटेको छ । नेप्से ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा पुगेको छ ।

३०५ धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ०३६ रुपैयाँमा किनबेच भएको छ । आज तीन उपसमूहको समूहगत सूचक बढेको छ । बाँकी १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन गोर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बोटलर्स नेपालको सेयर मूल्य ९.३२ प्रतिशतले घटेको छ ।

बुधबार, ०७ चैत, २०८०, दिउँसोको ०४:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर