लोड हुँदैछ...

मेनु

दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका अङ्गरक्षकहरूलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

सर्वोच्च अदालत परिसरबाट सोमबार प्रहरीले प्रसाईंका सुरक्षामा खटिएका दुई जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।