विराटनगर । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विराटनगर सहित बिहानैदेखि कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन /चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै, हिमाली भू–भागका एक –दुई स्थानमा पनि छिटपुटदेखि हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छछ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानमा साथै बाँकी देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। ७ महिना देखी विराटनगर सहित कोशीका धेरै स्थानमा वर्षा हुन सकेको थिएन । राति देखि नै पानी परीरहेकोले किसानहरु खुसि भएका छन् । वर्षा नभएका कारण खेतबारीमा लगाएको वालि समेत सुक्न थालेको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।