लोड हुँदैछ...

मेनु

दुहबीमा भएको आगलागीमा चार घर जले

दुहबीमा भएको आगलागीमा चार घर जले

विराटनगर । सुनसरीको दुहबीमा मंगलबार अगालागी हुँदा चार वटा घर जलेका छन् । दुहबी नगरपालिका–२ तुताहास्थित मुस्लिम टोलको बिजुलीको पोलमा तार सर्ट भएर आगलागी सुरु भएको सुनसरी प्रहरीले जनाएको छ ।

स्थानीय इब्राहिम मियाँको घरमा विद्युतको तार सर्ट भएर आगो सल्किएको थियो । त्यसपछि आगो फैलिएर टोलका चार घर जलेको प्रहरीले जनाएको छ।

आगलागीमा विपन्न परिवारका उनीहरूको जस्ताको घर तथा टहरा लगायत त्यहाँभित्रको धनमाल, खाद्यान्न समेत जलेर नष्ट भएको छ । आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दुहबीले अनुमान गरेको छ ।

आगलागी भइरहेको अवस्थामा स्थानीय बसिर मियाँले ६ वर्षको बच्चालाई घरभित्रै पसेर बाहिर निकालेका थिए । त्यसक्रममा बच्चााको उद्धार र आगो निभाउन प्रयास गर्दा इब्राहिम मियाँ, जाहिर मियाँ, अमाल मियाँ, बसिर मियाँ, नाजो खातुन, सहारुन खातुन, मफिना खातुन, नवेसा खातुनलगायत घाइते भएका छन् ।

घाइतेहरूको दुहबीस्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आगलागी भएको आधा आधा घण्टापछि मात्र दुहबी नगरपालिकाको दमकल पुगेको थियो । समयमा दमकल नपुगेका कारण विपन्न परिवारका मानिसहरूको घर जलेर नष्ट भएको स्थानीयको आरोप छ ।

आगलागी विराटनगरसहित इटहरी, इनरुवा र दुहबीका चार वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।