लोड हुँदैछ...

मेनु

फेरिए १२ जिल्लाका सिडिओ

फेरिए १२ जिल्लाका सिडिओ

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका सिडिओको सरुवा गरेको छ । गृहमन्त्रालयले संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सरूवा गरेको हो ।

संखुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुङ्गामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, कैलालीमा किरण जोशी, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्य सिडिओ भएका छन्।

यस्तै अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।